Najeek lyrics – Bimbaakash – Bartika Eam Rai
Song Details
Title: Najeek
Singer: Bartika Eam Rai
Lyrics: Bartika Eam Rai
Music: Bartika Eam Rai
Compose: Bartika Eam Rai
Najeek lyrics – Bimbaakash – Bartika Eam Rai
Lyrics_❤
[Starting Music]
रात धेरै पर्यो, धेरैधेरै
मायाका कुरा नगरन, ऐ
भोलिबारे केहि थाहा नभई, जीवनभरीका
दिनहरु मेरै नाम नगरन, ऐ
सागरमा होस् कि आकाशमा जहीकही मैसंग डुल्ने
मेरा आंखा नै सबैभन्दा राम्रा भएजस्तो बेकम्फुसे गफ नगर न, ऐ
नजिक नआउ,
डर लाग्दैछ
आफ्नै भावनाहरुसंग
शिथिल छ मुटु, रुखो बनाएको छु
धेरैधेरै साल लगाई
नजुधाउ आँखाहरु भावना बन्न कत्ति नि समय लाग्दैन
किन सोध्छौ किन यति डर?
थाहा छैन र, भावना हराउन पनि
कत्ति नि समय लाग्दैन?
[Music]
तिम्रो आत्मा थाम्ने कसम कसरी दिऊ म जब
आफ्नै आत्मालाई चिनेको छुइन?
आफ्नै छायांसंग भागी दौडदैछु म, भन
तिम्रो छायांको जिम्मा कसरी लिनु म?
संसार छाडिहिड्ने बांचा नदेऊन
शुरुशुरुमा त यस्तै त हो नि
जीन्दगानीको रीतहरुले यसैउसै हामीलाई अल्झाउने नै हो
काश हाम्रो भेट केही
सालअगाडि हुन्थ्यो
या काश हाम्रो भेट केही
सालपछाडि हुन्थ्यो
समय सही हुन्थ्यो
राजै, मौसम बेग्लै हुन्थ्यो
तर, आज हैन नजिक नआऊन
नजिक नआउ, डर लाग्दैछ
आफ्नै भावनाहरुसंग
शिथिल छ मुटु, रुखो बनाएकै छु
धेरैधेरै साल लगाई
नजुधाउ आँखाहरु भावना बन्न कत्ति नि समय लाग्दैन
किन सोध्छौ किन यति डर?
थाहा छैन र, भावना हराउन पनि
कत्ति नि समय लाग्दैन?
Najeek lyrics – Bimbaakash – Bartika Eam Rai
Najeek is the third single from Bartika Eam Rai's debut album "Bimbaakash".