श्रीमानलाइ श्रीमतीले हतार हतारमा चिठी लेखिछिन तर 😁!??




श्रीमतीले आफ्नो श्रीमानलाइ हतार
हतारमा
चिठी लेखिछिन तर ठाउँ
ठाउँमा पूर्णबिराम दिन भुलिछिन...
जब याद आयो,
हतार हतारमै
पूर्णबिराम लगाइछिन् र चिठी यस्तो
हुन गयोः
तपाईले धेरै दिन बितिसक्दा पनि
चिठी लेख्नु
भएन
मेरो साथी रमा लाई । जागिर बाट
... निकालिदियो हाम्रो गाइले ।
बाछा पायो अंकलले ।
चुरोट पिउन छोडे मैले । धेरै चिठी लेखे तर
तपाई
आउनु
भएन परेवाको सन्तान । बिरालोले
खायो एउटा राम्री केटी एञ्जिला ।
मेरो साथी बनेकी छ ऐले टेलिभिजन
प्रोग्राममा डान्स गर्दैछे
हाम्रो कुखुरी । आज भोलि अन्डा दिनै
छाडेकी छे
हजुरकी आमा । तपाइलाई धेरै याद
गर्छिन
घरमा काम
गर्ने नोकर्नी । घर सफा राख्दिनन
हजुरको बैनी । बिहे गर्दैछिन
हजुरको प्यारी श्रीमती