घडी नलगाउदा यस्तो सुन्नु पर्यो

एउटा भर्खरको जवान केटा र
एउटा बुढो भलादमी मान्छेको एउटा
सार्वजनिक
ठाउँमा भेट भएछ र त्यो जवान
केटाले उक्त
बुढो मान्छे सँग
बुवा कती बज्यो भनेर
सोध्यछ !
बुढो :- हेर बाबु म तिमीलाई समय त
बताइदिने थिए तर समस्या छ समय
बताउन
केटा : के समस्या ?
बुढो "- आज म तिमीलाई समय
बताए
भने दैब सन्जोग फेरी हाम्रो भेट
होला ,
कही कतै अनी तिमीले ओह
हो त्यो तो मलाई
समय बताइदिने मान्छे हो भनेर
नजिक आएर
बोलाउला अनी परिच
पनि होला हाम्रो एक आपसमा ,
फेरी कुनै दिन
तिमी मेरो घरको बाटो कतै
हिडौला अनी मेरो याद आउँला ओ
हो त्यो मान्छेको घर त
यही टोलमा हो भनेर
घर सम्म पनि आउँला ,
अब घर आएको मान्छे लाई
चिया पानी पनि सोध्नु नै पर्यो ,
मेरो छोरीले चिया ,पानी लिएर
आउली ,
तिमीहरु बिच्मा पनि परिचय
होला !
'तिमी पनि जवान
केटा मेरो छोरी पनि जवान केटी '
एक आपस्मा सम्बन्ध बढ्दै
जाला दिन दिनै
फोनमा कुरा पनि होला ,
माया प्रेम
होला र तिमीले
मेरो छोरीको हात
माग्न
मेरो घर पनि आउँला तर ????
केटो : तर के ?


बुढो :- तर
यो जवानामा एउटा हातमा घडी
पनि नहुने
तिमी जस्तो कङगाल केटोलाई म
छोरी दिन्न तेसैले समय पनि मैले
बताउदिन
("तेसैले घडी लगाउने बानी गरौ , सधै
अरुको हातको घडीमा निर्भर
नपरौ "