बलराम बिर अस्पतालमा अंतिम सास गन्दै थियो


बलराम बिर अस्पतालमा अंतिम सास गन्दै थियो ।
उसको नजिकै उसको बुढी, छोरी र छोरा थिए ।
बलराम : (ठुलो छोरासँग) मेरो कलंकीको 18 वटा घर तलाई
छोरीसँग : तलाई बल्खुको 12 वटा घर ।
सानो छोरासँग : तँ मेरो सबैभन्दा सानो र प्रिय छोरा होस् मैले तेरो भविष्य उज्जवल देख्न चाहन्छु त्यसैले तलाई कालीमाटीका 20 वटा अफिस ।
बुढीसँग : तलाइ सितापाइलाका 14 वटा फ्ल्याट ।
नजिकै उभिएकी नर्स प्रभावित हुदै बुढीसँग भनिछेः तपाइ एकदमै भाग्यमानी हुनुहुदो रैछ तपाइले यस्तो धनि लोग्ने
पाउनु भएछ जसले तपाईलाई यत्रो सम्पती छोडेर जादै हुनुहुन्छ ।
बुढीः (नर्ससँग)
को धनि ? कस्तो सम्पत्ती ?
यहाँले त हामी सबैलाई जिम्मेदारि दिदै हुनुहुन्छ.....बिहान बिहान दुध पुराउनको लागि।